एनसेलको ‘अल नेपाल भ्वाइस प्याक’ अफर , जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्न सक्ने

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो दरमा भ्वाइस कल गर्न सक्ने योजना ल्याएको छ ।

एनसेल आजियाटा लिमिटेडले यसका लागि आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबार (फागुन २३) गते देखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित १४ देखि ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्नेछन् ।

यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्नेछन् ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ मा सुचारु गर्न सक्छन् ।

त्यसैगरी ९४ मा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ ।

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्नेछन् ।

अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले २६५ मा ४७५ मिनेट टक टाइम र ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्नेछन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्नेछन् ।

आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स