अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

आयोवा । अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स