डाबर नेपालद्वारा ‘डाबर वाटिका नेचुरल्स स्याम्पू’ सार्वजनिक

काठमाडौं । डाबर नेपालले ‘डाबर वाटिका नेचुरल्स स्याम्पू’को नयाँ रेन्ज हायाट प्लेस्, सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ब्राण्डको सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का साथै डाबर नेपालका व्यापार प्रमुख एच्एस् बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा उक्त स्याम्पू सार्वजनिक गरेको हो ।

डाबर नेपालले नेपाली श्याम्पू बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका श्याम्पू उपलब्ध गराएको छ । ‘डाबर वाटिका नेचुरल्स स्याम्पू’ तीनवटा भेरियन्टमा पाइन्छ ।

ब्ल्याक साइन स्याम्पू, कालो र चम्किलो कपालको लागि, थिंक एण्ड लंङ्ग स्याम्पू, बाक्लो र लामो कपालको लागि र चाँया मुक्त कपालको लागि बनाइएको छ ।

हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिंङ र कन्डिसियनिङ दिन्छ ।

एचएस बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, ‘डाबर वाटिका नेचुरल्स स्याम्पू’ को लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो ।

हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण रहेको जनाईएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स