यातायात व्यवस्था कार्यालय एकान्तकुनासँग श्रममन्त्रीले स्पष्टीकरण मागे

काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्रसँग श्रम रोजगार तथा यातायातले स्पष्टीकरण सोधेका छन् । सेवाग्राहिक र मिडियाको गुनासोलाई सम्बोधन गर्दै यातायात मन्त्रीसहितको टोलीले अन द स्पट कार्यालयमा पुगेर स्पष्टीकरण सोधेको हो ।

श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालसहितको टोलीले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइ र सवारी साधानको ट्रयालमा देखिएको समस्या बारेमा आएका गुनासोको बारे कर्मचारीहरुलाई स्पष्टीकरण सोधेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री दाहालले सार्वजनिक विदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिए।

लाईसेन्स लिन निवेदन दिने धेरै हुनुहुदो रहेछ, जनताका गुनासा समेत धेरै आए मन्त्री दाहालले भने, ‘कर्मचारीलाई समेत लोक सेवाले दिने सुविधा अनुसार सुविधा व्यवस्था मिलाएका छौं ।’

यसअघि गएको गतमाघ महिना मात्र स्थलगत निरीक्षण गरेका थिए । सो अवसरमा उनले जनगुनासो आए आफै उपस्थित भएर कारबाही गर्ने चेतावनी दिएक थिए ।

आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उनले आफुहरु आएर निर्देशन दिँदा समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई सम्बोधन गर्दै अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताए । सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु छिटै हल हुने उनले बताए ।

सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाईने बताए ।

कर्मचारी सेवा सुविधा दिने व्यवस्था निर्णय भएर राजपत्रमा प्रकाशित भएसगैँ लागु भएपछि समस्याहरु हल हुने उनको दावी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स