काठमाडौं । नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस–२०२२ को उपलक्ष्यमा समृद्व नारी रिकरिंग निक्षेप खाता संचालनमा ल्याएको छ ।
बैंकले नारी दिवसको अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुविधा सहितको निक्षेप खाता संचालनमा ल्याएको छ । उक्त खातामा मासिक न्यूनतम २५,००० रुपैंयाँ र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न सकिन्छ । दश लाख रुपैंयाँ बराबरको दुर्घटना बिमा सुविधा रहेको उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधा लगायत थुप्रै बैंकिङ सुविधा रहेको छ ।
ग्राहकहरुलाई विगत केही वर्षदेखि यस बैंकले छिटोछरितो र गुणस्तरीय सेवा दिदै आइरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको प्रयोग भएसंगै आम नेपालीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
बैंकको नेपालभर २१३ शाखाहरु, १४८ एटिएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् ।