यस्तो छ नवनियुक्त सेबोन अध्यक्ष हमालको ६ बुँदे कार्ययोजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले सबैको साथ र सहयोग पाए ४ वर्षमा गर्ने काम २ वर्षमा गरेर देखाउने बताएका छन् । बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफू जागिर खान नआएकोले काम गरेर देखाउने बताएका हुन् ।

‘मेरो आफ्नै कार्य योजना छ,’ उनले भने ‘कुनै काम तीन महिनामै सिध्याउँछु भने केही काम दुई वर्ष भित्र गर्छु ।’ उनले सोमबार आयोजना आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरू सामु ६ बुँदे कार्य योजना सुनाए ।

सेयर बजारको लाग्दै आएको कमिशन घटाउने

पछिल्लो समय प्रविधिमा आएको सुधारलाई मध्येनजर गर्दै यति बेला कारोबारमा लाग्दै आएको शुल्कलाई समेत समायोजन गर्ने बताए । गत वर्षपनि सेबोनले ब्रोकर कमिशन शुल्क घटाएको थियो । प्राथमिक बजारमा होस् या सेकेण्डरी मार्केटमा लगानीकर्तालाई कारोबार गर्दा लाग्ने शुल्कको गहन अध्ययन गरेर लगानीकर्ता र सेवा दिने दुबैलाई मर्का नपर्ने गरी राहत दिने योजना पनि हमालको रहेको छ ।

बजार विविधिकरणको लागि नयाँ औजार

सेबोनले बजार विविधीकरणको लागि नयाँ औजारको विकास गर्न बण्ड मार्केट, प्युचर र अप्सन मार्केटको समेत विकास गर्ने भएको छ । लगानीकर्ताको गुनासो सुनवाइको लागि छुट्टै एप निर्माणलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी बजारको विषयमा भने उनले अध्ययन गरेर मात्रै बताउने बताए ।

पायक पर्ने ठाउँमा भवन बनाउने

संस्थागत क्षमता अभिवृद्धिका लागि बोर्डको आफ्नै भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए । आफ्नो कार्यकालमा भवन नै निमार्ण नभएपनि शिलान्याससम्मको योजना रहेको सुनाए । यस अघि बोर्डले उपत्यका विकास प्राधिकरणसँग किनेको जग्गा भन्दा पनि पायक पर्ने ठाउँमा भवन निर्माण गर्ने अध्यक्ष हमालले तयारी गरेका छन् ।

रियल टाइम सर्भिलेन्स सिस्टमको विकास गर्ने

बोर्डका सुपरिवेक्षणलाई थप मजबुत बनाउन उनले रियल टाइम सर्भिलेन्स सिस्टमको विकास गर्र्ने उनको योजना छ । जुन सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा ७० करोड भन्दा बढी पर्छ । उनले आफ्नो कार्यकालमा यो सिष्टमलाई स्टल गर्ने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स