ग्लोबल बैंकले गर्यो सहकारीको पहिचान सहित कुप कार्ड जारी गर्ने त्रिपक्षीय सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कुप कार्ड जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरूले कुप कार्ड जारी गर्नेछन् । यसका लागि एसीटीले ‘चाइना युनियन पे’ सँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आवद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ । उक्त कार्ड नेपाल तथा भारतका एटीएम पिओएसमा सहजै चलाउन सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स