सेज अलपत्र पारेका भट्ट आयल निगम ताक्दै

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) नियुक्ति अन्तिम चरणमा पुगेको छ । सम्भवत अब बस्ने मन्त्रीपरिषदको बैठकले आयल निगमका लागि एमडी नियुक्त गर्ने छ । गत साता नै नियुक्त गर्ने भनिएको उक्त संस्थानको एमडी आवेदक जीवनप्रकाश सिटौलाका पिताको देहवशान भएका कारण अन्तरवार्ता रोकिएको थियो । निगम एमडीका लागि व्यवसायिक प्रस्तुती सकेर १५ दिन विदा लिएका सिटौलाको अन्तरर्वाता यहि साता बुधबार २५ गते हु्ँदैछ । उनको अन्तरवार्ता पछि परीक्षाको नजिता निकाल्ने तयारीमा सरकार रहेको छ ।

निगम एमडीका लागि १६ जनाले आवेदन दिएका थिए । सोमध्ये २ जनाले व्यवसायिक प्रस्तुती नै गरेनन् । बाँकी १४ जनाबाट एमडी छनोट गर्ने भनिएपनि बलिया दावेदार तथा सरकारको रोजाइमा परेका उमेशप्रसाद थानीको योग्यतामा प्रश्न उठेको छ ।

थानीलाई निगम एमडीमा नियुक्त गर्न सरकारलाई दुविधा भएपछि चलखेल गर्न जान्ने केमिकल ईन्जिनियर डा.चण्डिका भट्ट एमडी बन्न जोडतोजका साथ लागिरहेका छन् । उनले वालुवाटार हेडक्वाटरमा विदेशी कम्पनीका स्थानीय एजेन्ट दिपक भट्टमार्फत मोटो रकम बुझाइसकेका छन् । यसअघि नै आयल निगममा बसेर काम गरेका भट्टलाई निगमलाई कसरी हाक्दा आफूलाई बढी लाभ हुन्छ भन्ने थाहा छ र उनी जुनसुकै मूल्यमा पनि आयल निगम हाक्न चाहन्छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रहेका भट्ट हाल विशेष आर्थिक क्षेत्र (सेज) का बहालवाला कार्यकारी निर्देशक हुन् । उनले यस अघि पनि सेजमा सोही पदमा बसेर काम गरिसकेका छन् ।

वास्तवमा भन्नु पर्दा सरकारले आफ्नो योग्यता र अध्ययन अनुसार काम लगाउन नसक्नु नै सरकारको कमजोरी हो । उनलाई भट्टको अध्ययन अनुसार आयल निगमको एमडीभन्दा औषधि व्यवस्थापनपन विभाग तथा नेपाल औषधि लिमिटेडमा पठाउनुपर्ने हो ।

निजामति कर्मचारी रहेका भट्टले मन्त्रालयमा बसेर खासै काम गरेका छैनन् । सधै चलखेल र अवसरमा खेल्ने भट्ट गोपाल खड्का भन्दा पहिला आयल निगममा एमडी बनेका थिए । त्यसअघि उनी सरकारी कोटाबाट जापानमा पढ्न गए । आउने वित्तिकै विशेष लाभ हुने सार्वजनिक संस्थान आयल निगममा एमडी बने । त्यहाँ पछि सेजमा प्रमुख भएर काम गरे । अहिले पनि उनी सेजमै छन् ।

सरकारी सेवामा रहेपनि उनले सरकारलाई कुनै किसिमको सेवा दिन सकेका छैनन् । केबल अवसरमात्र लिएका छन् । जुन सरकार आएपनि अवसर र लाभ लिन जान्ने भट्टलाई विदेशी कम्पनीका स्थानीय एजेन्ट दिपक भट्टले बोकेका छन् । उनकै सिफारिसमा चण्डिका भट्ट एमडी बनाउने तयारी सरकारले गरेको हो । भट्टका दाजु शुशील भट्ट अहिले लागनी बोर्डमा प्रमुख कार्यकारी अधिकृत छन् ।

भट्ट दाजुभाइको सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । उनीहरू ओली निकट मानिन्छन् भने ‘विप्लप’ सँग पनि उत्तिकै नजिकको सम्बन्ध छ । कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा सुशील भट्ट यसअघि नेपाल व्यवस्थापन संघको अध्यक्ष भएका थिए । ओली सरकारले उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्योे ।

चण्डिका भट्टलाई पनि ओली सरकारले सेजमा पठाएको हो । अहिले फेरि उनी आयल निगमको एमडी बन्नका लागि प्रधानमन्त्री शेरवहादुर देउवाको निकट थानीलाई अख्तियारमा फसाएर आफू आयल निगम हाक्न चाहन्छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स