मानुषीको आईपीओमा २४ लाखले दिए आवेदन

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्थाको आईपीओमा २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ । आज सेयर आवेदन दिने अन्तिम दिनसम्म मानुषीको सेयरमा ३ अर्ब ६ करोड मूल्य बराबरको सेयरमा आवेदन परेको हो ।

सीडीएसीका अनुसार मानुषीको आईपीओमा ३ करोड ६ लाख ३२ हजार ४ सय ३० कित्ता सेयरको आवेदन परेको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । सोमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स