प्रभु लाइफको सीईओ बन्दै प्रसाईं

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईं बन्ने भएका छन् । प्रभु लाइफ इन्स्योरेन्सले प्रसाईंलाई आगामी सीईओ बनाउनेगरी कम्पनीको बीमा सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले प्रसाईंलाई बीमा सल्लाहकार नियुक्त गर्न सिफारिस गरेर बीमा समितिमा पठाएको थियो । उक्त प्रस्तावलाई समितिलाई आज (आइतबार) स्वीकार गरेको हो ।

प्रसाईंलाई व्यवस्थापन हेर्नेगरी प्रभु लाइफ इन्स्योरेन्सको बीमा सल्लाहकारमा नियुक्त दिइएको हो ।

हाल प्रभु लाइफ इन्स्यारेन्सका सीईओका रुपमा नारायणप्रसाद पौडेल रहेका छन् । पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत हुन् । राष्ट्र बैंकबाट अवकाश पछि पौडेल प्रमु लाइफको सीईओमा नियुक्त भएका हुन् । राष्ट्र बैंकमा ३० वर्ष सेवा पूरा गरेर पौडल २०७६ जेष्ठ ३० गते प्रमु लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त भएका थिए । आफ्नो विज्ञताभन्दा बाहिरको क्षेत्रमा पौडेलले कुशलता पूर्वक नेतृत्व प्रदान गरिरहेका छन् । पाको उमेर र बीमा क्षेत्रमा विज्ञता कम भएकाले उनलाई सञ्चालकहरु बिदा गर्न चहान्छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न बनेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)को व्यवस्था अनुसार कार्यकारी निर्देशकहरुलाई राष्ट्र बैंकबाट अवकाश पाएको ३ वर्षसम्म सरकारी लगानी बाहेको निजी बैंक तथा वित्तीय संस्थामा काम गर्न रोक छ । यद्दपी बाफियाको दफा १०६ को ‘क’ मा भएको व्यवस्था बीमा कम्पनीमा भने आकर्षित नहुने भएकाले पौडेलले प्रभु लाइफ रोजेका हुन् ।

प्रभु लाइफले युवा र बीमा क्षेत्रको अनुभव भएका व्यक्तिबाट संस्था चलाउने योजना बनाएको छ । त्यसका लागि नेपाल लाइफ इन्स्योरेन्समा सीईओ भइसकेका प्रसाईं प्रभु लाइफका सञ्चालकहरुको रोजाइमा परेका हुन् ।

साथै प्रसाईंसँग बीमा क्षेत्रको नियमक निकाय बीमा समितिमा काम गरेको अनुभव पनि छ । सीइ प्रसाईं बीमा कम्पनीको सीईओ बन्नका लागि नेपाल लाइफमा डीसीओका रुपमा नियुक्ती लिएका थिए । तत्कालिन सीईओ विवेक झा २ कार्यकाल पूरा गरेर नेपाल लाइफ इन्स्योरेन्सबाट विदा भएपछि प्रसाईं सीईओ भएका थिए । संचालकहरुसँगको बढ्दो मनमुटावका कारण प्रसाईंलाई नेपाल लाइफ इन्स्योरेन्सको सीईओ भएको ९ महिनामै राजीनामा दिन बाध्य पारिएको थियो ।

प्रसाईंले नेपाल लाइफ इन्स्योरेन्सको सीईओ हुँदा सञ्चालहकरुको ‘स्टक स्प्लीट’ गर्न योजना कार्यान्वयन हुन दिएका थिएनन् । यो भनेको भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ १ कित्ता सेयरलाई २ कित्ता बनाउने हो ।

बीमा समितिका पूर्व कर्मचारी प्रसाईंको सम्बन्धलाई प्रयोग गरेर नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने सञ्चालकहरुको रणनीति थियो । यस विषयमा प्रसाईं सञ्चालकहरुसँग सहमत हुन सकेनन् । सञ्चालकहरुको योजनामा तृषारापात गरेसँगै प्रसाईं उनीहरको आँखाको तारो बन्न पुगे ।

सिटी सेन्टरमा मारवाडी समूह र नेपाल लाइफ इन्स्योरेन्सको लगानी रहेको छ । सिटी सेन्टरमा भएको अनियमियताको विषयमा पनि प्रसाईंले आवाज उठाएका थिए । सिटी सेन्टरमा थोरै लगानी भएको मारवाडी समूहले धेरै लाभ र नेपाल लाइफ इन्स्योरेन्सले कम लाभ प्राप्त गरिरहेको छ । प्रसाईं यस विषयमा पनि विमत राख्दै आएका थिए ।

मारवाडीहरुको बाहुलियता रहेको नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्वलाई प्रसाईंलाई सीईओ बनाइ राख्नु खतरा थियो । मारवाडीहरु कुनै पनि हालतमा प्रसाईंलाई नेपाल लाइफ इन्स्योरेन्सबाट निकाल्ने योजनामा थिए । त्यसै समयमा बीमा अभिकर्ताहरु कमिसन घटाइएको भनेर आन्दोलनमा थिए । यस विषयको फाइदा उठाएर सञ्चालकहरुले प्रसाईं माथि दवाव बढाए । र, अन्तत प्रसाईं बाध्य भएर सीईओबाट राजीनामा दिए ।

नेपाल लाइफ इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईंले कार्तिक १८ गते राजीनामा दिएका थिए । एउटा बीमा कम्पनीको सीईओ अर्को कम्पनीमा सीईओ बन्नका लागि ६ महिनाको कुलिङ पिरेड पार गर्नु पर्ने हुन्छ । हाल प्रसाईं कुलिङ पिरेडमै रहेका छन् । उनलाई तत्कालै सीईओ नियुक्त गर्न नमिल्लने भएकाले प्रभु लाइफले बीमा सल्लाहकारको रुपमा नियुक्त गरेको हो । कुलिङ पिरेड सकिएसँगै सीईओ नियुक्त गर्ने सहमतिमा बीमा सल्लाहकारको रुपमा काम गर्न प्रसाईं राजी भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स