प्रभु लाइफको बीमा सल्लाहकारमा नेपाल लाइफका पूर्व सीईओ प्रसाईं नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको बीमा सल्लाहकारमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले सन्तोष प्रसाईंलाई प्रभु लाइफ इन्स्योरेन्सको बीमा सल्लाहकारमा नियुक्त गर्न आज (आइतबार) स्वीकृत दिइएको जानकारी दिए ।

प्रभु लाइफ इन्स्यारेन्सको सञ्चालक समितिले प्रसाईंलाई बीमा सल्लाहकार नियुक्त गर्न सिफारिस गरेर बीमा समितिमा पठाएको थियो । उक्त प्रस्तावलाई समितिलाई आज स्वीकार गरेको हो ।

सीए प्रसाईं यस अघि नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।

नेपाल लाइफ इन्स्योरेन्सका सीईओबाट प्रसाईंले कार्तिक १८ गते राजीनामा दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स