काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) साताको पहिलो दिन ३.६६ अंकले घटेर २,६४३.३९७० विन्दुमा स्थिर रहेको छ ।
आइतवार २३० कम्पनीहरुको सेयर ४५ हजार ६२२ पटक कारोबार भएको छ । ५१ लाख ३९ हजार २३९ कित्ता सेयर खरिदबिक्री भई २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको सेयर मूल्य घटेको छ ।
शिव्म सिमेन्ट्सको सेयर मूल्य सवभन्दा बढी ७.११ प्रतिशतले घटेको छ । हिजो उक्त सिमेन्ट्सको प्रति कित्ता सेयर मूल्य १,१६८ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,०८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.७७ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो इन्स्योरेन्सको प्रति कित्ता सेयर मूल्य ५७२ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५३९ रुपैयाँमा कारोबार भएको छ ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सोे संस्थाको हिजोे प्रति कित्ता सेयर मूल्य १,००० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९९९.९० रुपैयाँमा कारोबार भएको छ ।
आज सेयर मूल्य घटेका कम्पनीहरुः