काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से ३.६६ अंकले घटेर २५४३.३९ अंक विन्दुमा आइपुगेको छ ।
आज ५१ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाखमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, उपसमूहतर्फ बैकिंङ, डेभलपमेन्ट बैंक, होटल एण्ड टुरिजम बाहेक सबैमा राताम्मै देखिएको छ ।
आज ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।