काठमाडौं । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब, टिकटक लगायत सामाजिक सञ्जालको दुरुपयोग गरी अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस नगर्न आग्रह गरेको छ ।
ब्यूरोले शुक्रबार एक सूचना जारी गरि अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो।
ब्यूरोले यस्तो कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारवाही हुने जनाएको छ ।