७ महिनामा निर्जीवन बीमा कम्पनीको आम्दानी २१ अर्ब ८१ करोड

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब २२ अर्ब रुपैयाँ आर्जन गरेका छन् । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले माघ मसान्तसम्म २१ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरले १६ लाख ९५ हजार ७८८ बीमालेख जारी गरेको उक्त रकम आर्जन गरेका हुन् ।

माघ महिनामा मात्र निर्जीवन बीमा कम्पनीहरुले २ लाख २० हजार २७२ बीमालेख जारी गरेर २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीमध्येमा एउटा २ अर्ब रुपैयाँ भन्दा माथी, ५ वटाले १ अर्ब रुपैयाँ भन्दा बढी र बाँकी १३ निर्जीवन बीमा कम्पनीको आम्दानी १ अर्ब रुपैयाँभन्दा कम छ ।

सबैभन्दा धेरै आम्दानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखर इन्स्यारेन्सले १ लाख ४३ हजार ९६४ वटा बीमालेख जारी गरेर २ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ ।

आम्दानीको आधारमा दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले करिब २ अर्ब रुपैयाँ आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्सले १ लाख ५५ हजार ३३७ वटा बीमालेख जारी गरेर १ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेको इन्स्योरेन्सले १ लाख ६७ हजार १९६ वटा बीमालेख जारी गरेर १ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ आर्जन गरेर तेस्रो स्थानमा छ ।

सबैभन्दा न्युन बीमा शुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सानिमाले ५२ हजार ५५८ बीमालेख जारी गरेर ५२ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तो छ निर्जीवन बीमा कम्पनीको व्यवसाय

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/Monthly-Report_Nonlife_magh2078_79Bb.pdf” cache=”off”][embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/Monthly-Report_Nonlife_magh2078_79Bb.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स