कामना सेवा विकास बैंकको चितवनमा थप ३ वटा शाखा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गरेको छ । बैंकले वागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं.८ स्थित पर्सा बजारमा १३० औं कालिका नगरपालिका वडा नं.४ स्थित पदमपुरमा १३१ औं र भरतपुर महानगरपालिका वडा नं.२५ स्थित अमृतचोकमा १३२ औं शाखा कार्यालय स्थापना गरी आज फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले सोसल मिडिया बैकिङ, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एसएमएस बैकिङजस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहक महानुभावहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

अब बैंकको १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स