वालेट कारोबारमा लगाम, भुक्तानी सीमा २५ हजार (पत्रसहित)

काठमाडौं । भुक्तानी सेवा प्रदायक (वालेट)ले अबदेखि दैनिक २५ हजार रुपैयाँभन्दा बढी कारोबार गर्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) एक परिपत्र जारी गर्दै स्वदेशमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा दैनिक २५ हजारभन्दा बढी भुक्तानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकले भदौ २९ गते जारी गरेको निर्देशन संशोधन गर्दै रेमिट्यान्स कम्पनी, उक्त कम्पनीका सव–एजेन्ट वा सव–रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिदिन प्रतिव्यक्ति प्रतिकारोबार २५ हजारभन्दा बढी कारोबार गर्न नपाउने व्यवस्था गरेको हो । यसअघि यस्तो कारोबार गर्दा दैनिक प्रतिकारोबार एक लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स