काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स बीमा समितिको कारबाहीमा पर्ने भएको छ । सीईओले राजनीनामा दिएको ४ महिना वित्तिसक्दा पनि नयाँ सीईओ नियुक्त नगरेकाले नेपाल लाइफ इन्स्योरेन्स बीमा समितिको कारबाहीमा पर्ने भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स सीईओ विहिन भएको ४ महिना बेतित हुँदा पनि नयाँ सीईओ नियुक्त नगरेको भनेर बीमा समितिले पत्र पठाउने तयारी गरिरहेको समितिका प्रवक्ता राजुरमण पौडेलले हाम्रोअर्थलाई जानकारी दिए ।
नेपाल लाइफ इन्स्यारेन्स सीईओ विहिन भएको धेरै समय भइसकेको छ । लामो समय वेतित हुँदा पनि किन सीईओ नियुक्त नगरेको भनेर नेपाल लाइफ इन्स्योरेन्ससँग प्रष्टिकरण सोध्ने प्रक्रियामा बीमा समिति रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सबाट चित्त बुझ्दो जवाफ नआए कारबाहीको प्रक्रिया अघि बढाइने उनको आसय छ ।
नेपाल लाइफ इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईंले कार्तिक १८ गते राजीनामा दिएका थिए । अघिल्लो सीईओ विवेक झाको तुलनामा संस्थाको व्यवसायिक प्रगति खासै नघटेपनि बीमा अभिकर्ता तथा कतिपय आन्तरिक विवादहरु मिलाउन नसकेकाे भन्दै सञ्चालकहरुले परफरमेन्समा प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन् ।
प्रसाईं सीईओ नियुक्त भएको ९ महिना नबित्दै पदबाट राजीनामा दिएका हुन् । प्रसाईं २०७७ माघ २७ गतेको सञ्चालक समितिको बैठकबाट सीईओ नियुक्त भएका थिए ।
तत्कालीन सीईओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीईओका रुपमा कार्यरत प्रसाईंलाई सीईओ बनाइएको थियो । नेपाल लाइफ इन्स्यारेन्सले कम्पनीमा नयाँ सीईओ बनाउने भन्दै प्रवीणरमण पराजुलीलाई नियुक्त गरेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पद छोडेर प्रवीणरमण पराजुली नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा नियुक्त भएका हुन् । ६ महिना पछि सीइओ बनाउने गरेर पराजुलीलाई सिनियर डीसीओमा नियुक्त गरिएको हो । पराजुलीले सिनियर डीसीओको रुपमा पुस २५ गते कार्यभार सम्हालेका हुन् ।
कुलिन पिरेडका कारण उनलाई सञ्चालकले चाहेर पनि प्रमृख कार्यकारी अधिकृत बनाउन सकेका छैन । पराजुली सीईओ बन्नको लागि अझै असार २५ गते पर्खनु पर्नेछ ।