स्प्राइटको मेगा प्रमोशनल क्याम्पेनः सामसङ स्मार्ट फोन तथा स्मार्ट वाच जित्ने मौका

काठमाडौं । लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको शुरुवात गरेको छ ।

यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।

यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ । यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सीधै धधध।कउचष्तभ।अयm।लउ मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ ।

सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स