फोनपे पेमेन्ट सर्भिसको प्रमुख सञ्चालन अधिकृत (सीईओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत (सीईओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।

नवनियुक्त सीओओ ठकुरीसँग नबिल बैंकमा १८ वर्ष काम गरेको अनुभव रहेको छ । उनीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ ।

ठकुरीसँग सेल्स एण्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्ष भन्दा बढिको अनुभव छ । उनको आगमनसँगै फोनपको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको फोन पे ले जनाएको छ ।

नवनियुत्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स