नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आज (बुधबार) सूर्या लाइफ इन्स्योरेन्स, सेञ्चुरी कर्मशियल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कर्मशियल बैंकको ५१ लाख ९४ हजार ७९६.९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२.७० प्रतिशत, सेञ्चुरी कर्मशियल बैंकको ५.७५ प्रतिशत र प्रिमियर इन्स्योरेन्स कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर सुचिकृत गरेको थियो।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स