अर्थमन्त्रीको सम्बोधनले पनि बढेन सेयर बजार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पुँजी बजार सम्बन्धी सम्बोधन गर्दा पनि सेयर बजारमा सुधार देखिएको छैन । निरन्तर घट्दै गएको सेयर बजार अर्थमन्त्रीको सम्बोधन पछि घटाइमा केही सुधार आएको थियो ।

तर, आज नेप्से ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्से आज २.४५ प्रतिशतले घटेको हो ।

आज २२८ कम्पनीको सेयर ५५ हजार २१२ पटक कारोबार भएको छ । ७६ लाख ५२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स