तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुंगा’, ढुंगा हेर्ने र टिकटक बनाउनेको घुइँचो

तुलसीपुर । कुँदिएका जस्ता ढुंगाहरू देखिन्छन् । हजारौं ढुंगा छन्, जति हे¥यो उत्ति हेरौं लाग्छ । हिजोआज ती ढुंगा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुंगा सामुदायिक वनमा रहेका ती हजारौं ढुंगा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुंगा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ ।

कुँदिएका जस्ता देखिने ती ढुंगा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ ।

‘हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौं भनेर बूढापाकाले भन्थे’, स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भने, ‘त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौं ।’

त्यहाँ दुलही ल्याउन गएका जन्ती विश्राम गरेको र त्यही क्रममा बिहान भएपछि जन्तीहरूलाई कहाँ जाऊँ र के गरुँ भएपछि त्यही बिलाए भन्ने छ । यो कुरा अहिलेसम्म कहीं पनि खुलेको छैन ।

यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ वर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीयवासी जागेश्वर वलीले बताए ।

तुलसीपुरको १३ र १४ को सिमानाअन्तर्गत झाँक्री ढुंगा सामुदायिक वनको डाँडामा त्यस्ता ढुंगा छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ ।

यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीयवासी मोहन पौडेलको भनाइ छ । ‘सडक लगभग बनेको छ, अब यो सडकलाई अलिकति व्यवस्थित बनाउनुपर्ने देखिन्छ’,

त्यस क्षेत्रमा पानीको समस्या छ । अहिले त्यहाँ हुमबहादुर वलीको अध्यक्षतामा जन्तीढुंगा संरक्षण समिति गठन गरिएको छ । समितिले जन्ती ढुंगाको संरक्षण गर्छ । अहिले सो स्थानमा दुई साधु बस्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स