काठमाडौं । आइतबार छापावाला सुनको मुल्य १ हजार रूपैयाँले बढेको छ ।
शुक्रबार, सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज भने १ हजार रूपैयाँले बढेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले बढेर १२ सय ५ रूपैयाँ कायम भएको छ ।