विप्लप माओवादीका मान्छे आयल निगमको हाकिम बन्दै

काठमाडौं । अब बस्ने मन्त्री परिषद्को बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशन (एमडी) नियुक्त गर्ने बुझिएको छ । वार्षिक करिब ४ खर्बको कारोबार गर्ने आयल निगम हाक्न १६ जनाले आवेदन दिएका थिए । आवेदन दिएका सबैले हिजो सोमबार फागुन १६ गतेसम्म व्यवसायिक प्रस्तुतीकरण र अन्तरर्वाता समेत दिइसकेका छन् । कांग्रेस सरकारले विप्लप माओवादीका चण्डिका भट्टलाई आयल निगमको एमडी बनाउने तयारी गरेको हो ।

आयल निगमको एमडी बन्न पहिलो ‘रेस’ मा देखिएका अर्थात सरकारको रोजाइमा परेका उमेशप्रसाद थानीको योग्यता माथि प्रश्न उठेपछि सरकारले विदेशी कम्पनीका एजेन्ट दिपक भट्टको सिफारिसमा चण्डीका भट्टलाई एमडी बनाउने तयारी गरेको छ । भट्टका दाजु शुशील भट्ट अहिले लागनी बोर्डमा प्रमुख कार्यकारी अधिकृतमा छन् ।

भट्ट दाजुभाइको सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । उनीहरू ओली निकट मानिन्छन् भने ‘विप्लप’ सँग पनि उत्तिकै नजिकको सम्बन्ध छ । कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा सुशील भट्ट यसअघि नेपाल व्यवस्थापन संघको अध्यक्ष भएका थिए । ओली सरकारले उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्योे ।

अहिले उनै देउवा प्रधानमन्त्री छन् र उनले नै नियुक्त गर्ने निगम एमडीमा आफू निटक अर्थात आफ्नो पदचाप मिल्ने अर्थात आफुलाई जहिले पनि सहयोग गर्ने व्यक्ति चण्डिका भट्टँसँग मोटो रकम लिएर उनैलाई निगम एमडीमा नियुक्त गर्ने बुझिएको छ ।

भट्ट दाजुभाइ स्थानीय एजेन्ट बनेका कैयौं आयोजनाहरू अलपत्र र विवादित छन् । १२ सय मेगावाटको बूढीगण्डकीलाई चिनियाँ कम्पनी गेजुवालाई पटक–पटक दिने र खोस्ने भूमिकामा भट्ट दाजुभाइ संलग्न रहेका थिए । यस्ता कार्यको सेटिङ मिलाउन ‘त्रि–भट्ट’ माहिर छन् । भाइ भट्ट ठेक्का पट्टका ठेकेदार, दाजु भट्ट ठूला आयोजना सिफारिस गर्ने र टाडाका नाता तथा थर मिलेका चण्डिका भट्ट आफ्नो जिम्मेवारीमा आएका काम तथा आयोजना अलपत्र पार्ने– यहि नै हो उनीको पहिचान ।

चण्डिकाले दिपक भट्टसँग मिलेर ठाउँ–ठाउँमा यसरी नै पद हत्याएका छन् । अहिले पनि उनी विशेष आर्थिक क्षेत्र (सेज) का वहालबाला कार्यकारी निर्देशक हुन् । उनले ५ वर्ष नेतृत्व गरेको सेजले खासै आर्थिक तथा कार्यगत प्रगति हासिल गर्न सकेका छैन अर्थात अलपत्र नै छ भने पनि हुन्छ ।

त्यसो त चण्डिका अहिले पनि सरकारी कर्मचारी हुन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका निजामति कर्मचारी हुन् । उनले एमडी बन्न आवेदन दिएको संस्थान सो मन्त्रालय मातहतमा पर्छ । एमडी छनोट समितिमा उनी कार्यरत मन्त्रालयका सचिव, सहसचिव रहेका छन् ।

आफै मन्त्रालयको सिनियर कर्मचारीले आफू मतहतका जुनियर कर्मचारीलाई नियुक्त गर्न सिफारिस नगर्न पनि भएन । यसरी नीतिगत रुपमै भ्रष्टाचार गरेर चण्डिकालाई आयल निगमको एमडी बनाएर आफूहरूले नै लाभ लिने गरी नियुक्ति प्रक्रियालाई अघि बढाइएको हो । यहि सेटिङ मिलाउन परीक्षाको मुखैमा मन्त्रालयमा सचिव समेत परिवर्तन गरिएको थियो ।

नाताले टाडा भएपनि थर मिलेका कारण डडेल्धुराका दिपक भट्टले गोरखाका चण्डिका भट्टलाई आयल निगमको एमडी बनाउन थानीलाई पाखा लगाए । आयल निगम एमडीका बलिया दावेदार मानिएका जीवनप्रकाश सिटौलालाई भतिज कृष्णप्रसाद सिटौलाले आश्वासन दिए पनि उनको लाइन अझै मिलिसेकेको छैन भने प्राडा. लक्ष्मण पौडेलले मोटो रकम बुझाउन आफू नसक्ने भन्दै खुट्टा झिकिसकेको अवस्था छ ।

निगम एमडीका अर्का बलिया दावेदार मानिएका आनन्दप्रसाद चन्दलाई पनि भट्टले पछि पारिसकेका छन् । चन्द अख्तियार अनुसन्धान आयोगका आयुक्त जयवहादुर चन्दका निकट हुन र उनलाई निगम एमडी बनाउने खेलमा उनी पनि लागेका थिए ।

यी सबैलाई पच्छार्दै विदेशी कम्पनीका एजेन्ट मानिएका दिपक भट्टको आडमा चण्डिका भट्ट अब आयल निगमको एमडी बन्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स