रुसमा ब्याजदर २० प्रतिशत पुग्यो

एजेन्सी । रुस र यूक्रेनबीच जारी युद्धको असर वित्तीय क्षेत्रमा पनि देखिन सुरु भएको छ । यूक्रेनमा आक्रमण गरेपछि रुसका बैंकहरुलाई यूरोपीयन देशहरुले प्रतिबन्ध लगाएका छन् । योसँगै रुसको केन्द्रीय बैंकले ब्याज दर दुई गुणाले बढाउने निर्णय गरेको हो ।

रुसको केन्द्रीय बैंकले ब्याज दर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको हो ।

यूरोपीयन मुलुकहरुले गरेको आर्थिक प्रतिबन्धका कारण रुसको मुद्रा रुबलको मूल्यमा गिरावट देखिएको छ । महँगाईमा लगाम कस्नका लागि केन्द्रीय बैंकले सो निर्णय लिएको हो ।

रसियाको अर्थमन्त्रालयले आफ्ना कम्पनीलाई विदेशी मुद्रा राजस्वको ८० प्रतिशत बिक्री गर्न आदेश दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार ऋण भूक्तानी र रुस बाहिर रकम स्थान्तरण गर्न प्रतिबन्ध लगाइ सकेका छन् ।

विदेशी वस्तुको उपयोग कम गर्न र मूल्य वृद्धि हुन नदिन रुस सरकारले ब्याजदर बढाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स