शर्तै शर्तले भरिएको एमसीसी सम्झौता मान्य नहुने झलनाथको भनाई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसी सम्झौतामा शर्तै शर्त भएकोले आफूहरुलाई ती शर्तहरु मान्य नभएको बताए ।

उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्नु पर्ने बताए । एमसीसी र एमसीसीसँग सम्वन्धित सबै पत्राचार सदनले हेर्न पाउनुपर्ने बताउँदै एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुख मार्फत माग पनि गरे ।

आजको प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स