एमजी जेडएस इभी २०२२ नेपालमा, सुरुवाती मूल्य ५१ लाख ९९ हजार

काठमाडौं । एमजी (मोरिस ग्यारेज) जेडएस इभी २०२२ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि एमजी मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमा एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको हो ।

स्ट्यान्डर्ड रेन्ज र लङ रेन्जगरी २ भेरियन्टमा उपलब्ल एमजी जेडएस इभीमा २ वटा ब्याट्री प्याकको विकल्प पाउन सकिन्छ । एउटा ५१.५ केडब्ल्यूएच हाइ–टेक ब्याट्र जसको रेन्ज ३१९ किमी र अको ७२.६ केडब्ल्यूएच ब्याट्री जसको रेन्ज ४४० किमी छ ।

एमजी जेडएस स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एमजीले नेपालमा विद्युतीय सवारीको अपरिहार्यता पूर्ती गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीका प्रबन्धक निर्देशक सचिन अर्यालले बताए ।

‘३ वर्षको छोटो अवधिमा एमजीले ४ पांग्रे विद्युती सवारीको बजारमा सकारात्मक प्रभाव छोड्न सफल भएको छ,’ एमजी जेडएस इभी २०२२ सार्वजनिक गर्ने क्रममा अर्यालले भने, ‘आगामी दिनमा पनि एमजीका उत्कृष्ट उत्पादनहरु ग्राहकहरु माझ पस्किँदै जाने छौं ।’

एमजी जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस इभी २०२२मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड््न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ , १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजी जेडएस इभी २०२२मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स