पल शाहले आज प्रहरीमा आत्मसमर्पण गर्ने

काठमाडौं । नायक पल शाहले आज प्रहरीमा आत्मसमर्पण गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आज (आइतबार) प्रहरीसामु आत्मसमर्पण गर्ने बताएको हो ।

पलविरुद्ध समिक्षा अधिकारीले गत बुधबार जाहेरी दिएकी थिइन् ।

उनले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसपछि पल फरार भएका थिए । प्रहरीले उनलाई खोजतलास गरिरहेको थियो ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भने ।

शाहमाथि म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला अधिकारीमाथि जबरजस्ती करणी गरेको अभियोग छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स