२३ अर्बको नयाँ बीमा व्यवसाय, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा जीवन बीमा कम्पनीहरुले आक्रमक रुपमा व्यवसाय विस्तार गरेका छन् । माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क बापत २३ अर्ब ३ करोड २६ लाख रुपैयाँ आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको कुल आम्दानीको २८ प्रतिशत शुल्क नयाँ बीमाबाट आर्जन गरेका छन् । पहिलो ७ महिनामा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ आर्जन गरेका छन् । बीमा कम्पनीहरुले नवीकरणबाट ५८ अर्ब २६ करोड ९७ लाख रुपैयाँ आर्जन गरेका छन् ।

सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले उठाएको छ । नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्कबाट ३ अर्ब ८७ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ ।

२ अर्ब ५५ करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट आर्जन गर्दै नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ६० करोड ९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ । सिटिजन लाइफले नविकरण शुल्क भन्दा प्रथम बीमा शुल्क धेरै आर्जन गरेको छ । सिटिजन लाइफको नविकरण शुल्कबाट १ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स