के होला आजको प्रतिनिधिसभा बैठकमा एमसीसी ?

काठमाडौं । आज दिउँसो प्रतिनिधिसभाको बैठकमा १ बजेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफल हुने कार्यसूची तय भएको छ । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ’महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने प्रतिनिधिसभा सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।

एमसीसी सम्झौतामा गठबन्धन दलभित्रै सहमति नभएपछि यसअघिका दुई बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स