काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले पूर्वाधार विकास निर्माणका लागि २९९ योजना सम्झौता गरेको छ । उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा २९९ वटा योजना सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ ।
यो चालु आर्थिक वर्षको कुल योजनाको २४.१७ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले एक हजार २३७ वटा योजना अगाडि सारेको जनाएको छ । योजना महाशाखाका अनुसार चालु आवको प्रथम त्रैमासिकसहित विगत सात महिनामा २९९ वटा योजना सम्झौता गरेको जनाएको छ ।