शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयल अन्तर्राष्ट्रिय उपाधिबाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई यूरोपियन इन्टरनेशनल यूनिभर्सिटी पेरिस, फ्रान्सद्वारा प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेस म्यानेजमेन्ट (विद्यावारिधीको मानार्थ) उपाधि प्रदान गरेको छ ।

उनको कुशल व्यवस्थापन र व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै थाइल्याण्डमा आयोजित एक समारोहबीच उनलाई विद्यावारिधी सम्मान प्रदान गरेको छ ।

डा.सुरेन्द्र कुमार गोयल स्थापनाकाल देखिनै शिवम् सिमेन्टमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरू माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका छन् । उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथै सर्वसाधारणमा सेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स