अब वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बसेको बैठकले उक्त निर्णाय गरेको हो ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गरेको शुल्क ८ सय थियो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवामा सहज गर्नका निम्ति निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

यो सेवा वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल टेकु र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुको निःशुल्क पीसीआर परीक्षण गरिने छ ।

जसका लागि वैदेशिक रोजगारीमा जाने कामदारले आफ्नो कागजात पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स