सिद्धार्थ बैंकको नाफा ३ अर्ब, ईपीएस बढेर २६ रुपैयाँ नजिक

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ८३ करोड ८१ लाख खुद नाफा आर्जन गरेको छ बैंकले यो अवधिमा आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३२.३१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अबए १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.६२ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा ३०.५७ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ६८ करोड ६४ लाख रुपैयाँबाट बढेर ८६ करोड रुपैयाँमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १२ प्रतिशत बढेको छ । जगेडा कोष ४९.४८ प्रतिशत बढेको छ । बैंकको निक्षेप २९.५९ प्रतिशत र कर्जा २८.३० प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ९७ पैसा बढेर २५ रुपैयाँ ८७ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४८ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ८६ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स