रुसद्धारा युक्रेनमा भएको सैन्य कारबाहीको नेपालले विरोध गर्र्‍यो

काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि विरोधमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने नेपालको भनाइ रहेकोछ । विज्ञप्तिमा सार्वभौम मुलुक विरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।

‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’

युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडापत्र विपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुक विरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनको डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने कदम राष्ट्रसंघको बडापत्रमा उल्लिखित प्रावधान विरुद्ध छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्दै विवादलाई कुटनीति एवं वार्ता मार्फत् शान्तिपूर्ण समाधान हुनु पर्ने कुरामा विश्वास गर्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स