एकैदिन २५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २५ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २५ सयले बढेर ९९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १३ सय ५५ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स