पूर्वाधार विकास बैंकले प्राथमिक पुँजीको शतप्रतिशत डिबेञ्चर निष्काशन गर्न पाउने

काठमाडौं । पूर्वधार विकास बैंकले प्राथमिक पुँजीको शत प्रतिशतसम्म डिबेञ्चर जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकले आज मंगलबार एक निर्देशन जारी गर्दै अन्य उपकरणहरू जारी गर्न सक्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गरेको व्यवस्थामा उक्त कुरा उल्लेख गरिएको छ । पूर्वाधार विकास बैंकले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर–अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्नु पर्नेछ ।

केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुरा गर्ने प्रयोजन बाहेकको अवस्थामा संस्थाले कुनै आर्थिक वर्षमा ५ पूर्ण आर्थिक वर्ष भन्दा बढी भुक्तानी अवधि बाँकी रहेको ऋणपत्र वापत भुक्तानी कोषमा जम्मा गर्नु पर्ने रकम बराबर बोनस सेयर जारी गरेमा सो आर्थिक वर्षमा भुक्तानी कोषमा रकम जम्मा गर्न अनिवार्य हुने छैन ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/Circular-no-3-NIFRA.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स