समीक्षाले दिइन् पल विरुद्ध किटानी जाहेरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छिन् ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन् ।

गायिका अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी छिन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ ।

पललाई एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला फकाएर जबर्जस्ती करणी गरेको अभियोग छ ।

अधिकारी अहिले १७ वर्ष पुगेकी छिन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स