राष्ट्र उत्थान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि(बिहिबार) बाँडफाँड हुने भएको छ। कम्पनीले भोलि दिउँसो ३ बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो ।

लघुवित्तको आईपीओमा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको छ।

जुन मागभन्दा ३८.३० गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ।

त्यस अनुसार ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै सेयर पाउनेछन् भने आवेदन दिएका मध्ये २५ लाख ४६ हजार जना आवेदकको हात खाली हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स