काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज बुधवार १५.५० अंकले घटेर २,७२०.४३ विन्दुमा स्थिर रहेको छ ।
बुधवार २२८ कम्पनीहरुको सेयर ४८ हजार ९११ पटक कारोबार भएको छ । ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ ।
दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त हाइड्रोपावरकोे प्रति कित्ता सेयर मूल्य ३२७ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३५९.७० रुपैयाँमा खरिदबिक्री भएको छ ।
यूनाईटेड आईडी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोपावरको प्रति कित्ता सेयर मूल्य ९१८.३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,०१०.१० रुपैयाँमा कारोबार भएको छ ।
हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले बढेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ५०४.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५०५ रुपैयाँमा कारोबार भएको छ ।
आज सेयर मूल्य बढेका कम्पनीहरुः