अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण नगर्न अनुरोध

काठमाडौं । युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँ बढ्दो घटनाक्रमको मूल्यांकन गरी व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना प्रकाशित गरि अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण नगर्न अनुरोध गरेको छ ।

नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यस्तै मन्त्रालयले सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका सुशील मिमिरे, कार्यवाहक राजदूत, ७९६८०७०२८१५ लाई समेत सम्पर्क गर्न सकिने जनाएको उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स