नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से १५.५ अंकले घटेर २७२०.४३ विन्दुमा आई पुगेको छ । क वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा पुगेको छ ।

बुधबार २२८ कम्पनीको सेयर ४८ हजार ९११ पटक कारोबार भएको छ । ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज हाइड्रोपावर र सामूह लगानी कोष बाहेक सबै उपसमूहहरु घटेका छन् ।

दिव्यश्वरी हाइड्रोपावर र यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स