नयाँ सारथी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र २०७७ असोज ५ गतेपछि कायम सेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारण सभा र नेपाल राष्ट्र बैंकको स्विकृति पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स