नेशनल लाइफको वार्षिकोत्सवमा विभिन्न सामाजिक काम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३५औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न समाजसेवी काम गरेको छ । कम्पनीले देशभरका ३४ वटा वृद्धाश्रमममा खाना खुवाएको जनाएको छ ।

त्यस्तै, केन्द्रीय कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० भन्दा बढी कर्मचारीले सहभागिता जनाएको छ । कम्पनीले कर्मचारीहरूबीच विभिन्न खेलकुद कार्यक्रम पनि सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण औपचारिक रूपमा जमघट हुने गरी भने कुनै पनि कार्यक्रम नगरेको कम्पनीले जनाएको छ ।

कम्पनीले विगत वर्षमा झैँ चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको दाबी गरेको छ । आव २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लाने तयारी भएको कम्पनीले जनाएको छ ।

कम्पनीको जीवनबिमा कोषमा करिब ५० अर्ब रुपैयाँ जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब तीन करोड रुपैयाँ पुग्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स