साढे २५ करोड रुपैयाँको चुक्ता पुँजी पुर्याउन नेष्डो समृद्ध लघुवित्तकोे आईपीओ आजदेखि खुला, सर्वसाधारणले १ हजार कित्तासम्म भर्न पाउने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स