पौने ३ अर्ब पुग्न लाग्यो शिखर इन्स्योरेन्सको दावी भुक्तानी हुन बाँकी रकम

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणी स्थान ओगटेको शिखर इन्स्योरेन्सको दावी भुक्तान हुन बाँकी रकम बढ्दै गएको छ । कम्पनीले समयमा दावी परेको रकम बीमितलाई भुक्तानी गर्न नसक्दा यो रकम थपिदै गएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले बीमितलाई भुक्तान गर्न बाँकी रकम बढेर २ अर्ब ६० करोड ८८ लाख पुगेको हो ।

इन्स्योरेन्स कम्पनीको दावी हुन बाँकी रकम कार्तिक, मंसिर र पुस ३ महिनाकोमात्रै ४५ करोड ९१ लाख रुपैयाँ थपिएको छ । उक्त निर्जीवन कम्पनीले बीमितलाई असोज मसान्तसम्म २ अर्ब १४ करोड ९७ लाख ४२ हजार रुपैयाँ दावी भुक्तान गर्न बाँकी रहेको थियो ।

असोजदेखि पुससम्मको अवधिमा कम्पनीले दावी भुक्तान गर्न बाँकी रकम बढेसँगै दावी संख्या पनि बढेको छ । असोज मसान्तमा १३ हजार ३८७ भुक्तान हुन बाँकी दावी संख्या रहेकोमा पुस अन्त्यमा आईपुग्दा बढेर १५ हजार ३४६ पुगेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले दावी भुक्तानी वापत व्यहोर्नुपर्ने रकम १ अर्ब ७१ करोड ५ लाख २४ हजार रुपैयाँ थियो ।

कम्पनीले चालु आवको पुसमसान्तसम्ममा २ अर्ब ३५ करोड ८० लाख ८८ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब ३२ लाख ६९ हजार रुपैयाँ थियो भने गत आवको पुससम्म कम्पनीले २ अर्ब ११ करोड ६९ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणलाई सरसर्ती हेर्दा कम्पनीले गरेको व्यवसायभन्दा कम्पनीले दावी भुक्तानी वापत भुक्तान गर्नुपर्ने रकम बढी देखिएको छ ।

शिखर इन्स्योरेन्सले चालु आवको समीक्षा अवधिमा ८५ करोड ३३ लाख रुपैयाँ दावी भुक्तानी पनि गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स