सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा गढवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गढवा गाउँपालिका वडा नं. ६, दाङमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो ।

बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमम उक्त शाखा संचालनमा ल्याएको हो ।

गढवा शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स