एनएमबी बैंकको नाफा २ अर्ब ७३ करोड, ईपीएस पनि बढ्यो

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ७३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.४२ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपनि, इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा बढन मद्दत गरेको हो । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३३ करोड रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३२ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ५६.४८ प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज १ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर ३८ करोड ३४ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.०२ प्रतिशत बढेको छ । जगेडा कोष ९.२४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २४.८७ प्रतिशत र कर्जा ३०.५४ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४.४५ रुपैयाँ बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.२२ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स