सुन र चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । घरेलु बजारमा सुनचाँaदीको भाउ बढेको छ । सुनको भाउ बढेर प्रतितोलाको ९७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा मूल्य तोकिएको छ ।

फागुन १० गते, सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको हो । चाँदी पनि यस दिन तोलामा १५ रुपैयाँले बढोत्तरी भएको एक हजार ३१५ रुपैयाँ पुगको छ ।

सोमबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा झरेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स